पाकिस्तानमा अन्तर्राष्ट्रिय उडान पुन: शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पाकिस्तानमा अन्तर्राष्ट्रिय उडान पुन: शुरु

 

एजेन्सी, १७ जेठ । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय  उडान शुरु गर्ने निर्णय गरेको हो ।

कोभिड १९ को संक्रमणलाई रोकथाम गर्नका लागि लगाएको रोकलाई खुकुलो बनाउने निर्णयसँगै अन्तर्राष्ट्रिय उडानलाई पुन: शुरु गर्न लागिएको हो ।  पाकिस्तानले आन्तरिक उडानलाई भने विभिन्न चरणमा यस अघिनै शुरु गरिसकेको छ ।

संघीय सरकारको निर्णय अनुसार पाकिस्तानबाट हुने अन्तर्राष्ट्रिय उडानहरू शुक्रबार रातिबाट शुरु हुनेछन् । ग्वादर र तुर्वत विमानस्थल बाहेकका पाकिस्तानका सबै अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालनका लागि अनुमति दिइएको छ ।

तर अन्तर्राष्ट्रिय उडानका लागि भने विमान कम्पनीहरूले गन्तव्य देशको नियमलाई पालना गर्नुपर्ने छ । पाकिस्तानले अन्तर्राष्ट्रिय उडानलाई गत मार्चदेखि रोकेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);