कोरोना भाइरस: मृत्यु हुनेको संख्या एक लाख १४ हजार बढी, अमेरिका सबैभन्दा बढी प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कोरोना भाइरस: मृत्यु हुनेको संख्या एक लाख १४ हजार बढी, अमेरिका सबैभन्दा बढी प्रभावित

corona

एजेन्सी, १ वैशाख । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार दुई सय ४५ पुगेको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकमा उल्लेख छ । भाइरसबाट १८ लाख ५० हजारभन्दा धेरै मानिस प्रभावित बनिसकेका छन् ।

अमेरिकामा काेराेना भाइरसका संक्रमितको संख्या पाँच लाख ५७ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि २२ हजार एक सय ८ पुगेको छ । अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको हाे ।

त्यस्तै स्पेनमा पनि यो भाइरसका संक्रमित एक लाख ६६ हजार नाघिसकेको छ । स्पेनमा अहिलेसम्म १७ हजार दुई सय नौ जना मानिसको मृत्यु भइसकेको छ ।

इटालीमा पनि संक्रमितको संख्या एक लाख ५६ हजार नाघेको छ । इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १९ हजार आठ सय ९९ पुगेको छ ।

अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुने चार लाख ३० हजारभन्दा बढी मानिसहरु निको भइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);