कर्मचारीलाई घरबाटै कार्य सम्पादन गर्न सरकारको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कर्मचारीलाई घरबाटै कार्य सम्पादन गर्न सरकारको निर्देशन

general-and-sanghiya-ministry

काठमाडौं, २७ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लकडाउनपछि घरमै सीमित कर्मचारीलाई आफू रहेकै स्थानबाट कार्य सम्पादन गर्न निर्देशन दिएको छ । मन्त्रालयले टेलिफोन, इन्टरनेटजस्ता सूचना प्रविधि प्रयोगमार्फत गर्न सकिने कार्य घरमै बसेर गर्न कर्मचारीलाई निर्देशन दिएको हो ।

मन्त्रालयले सूचना जारी गर्दै आफूभन्दा एक तहमाथिको कर्मचारीसँग निरन्तर सम्पर्कमा रहन समेत आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणबाट आफू, परिवारका सदस्य र सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारको निर्देशन पूर्णपालना गरी सहजिकरण गराउन समेत सरकारले कर्मचारीलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आफू बसेको स्थान वरिपरि लकडाउन लागू भएको मितिपछि कोरोना प्रभावित स्थानबाट आएको व्यक्ति अनावश्यक घुमफिर गरेको पाइए निजलाई क्वारेन्टाइनमा बस्न अनुरोध गर्न पनि कर्मचारीलाई भनेको छ । त्यसरी अनुरोध गर्दा पनि नमानेमा नजिकको वडा कार्यालय तथा प्रहरी प्रशासनलाई सूचित गराउनसमेत मन्त्रालयले कर्मचारीसँग आग्रह गरेको हो ।

सूचनामा मानिसहरूलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन आह्वान गर्ने, घरबाहिर जानैपर्ने भए मास्क लगाउनुपर्ने, दूरी कायम गर्नुपर्ने काममा सघाउन समेत कर्मचारीलाई आग्रह गरिएको छ ।

KARMACHARI1
KARMACHARI

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);