गृह मन्त्रालयद्वारा ४ वटा छुट्टाछुट्टै कार्यदल गठन | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

गृह मन्त्रालयद्वारा ४ वटा छुट्टाछुट्टै कार्यदल गठन

griha mantralaya

काठमाडाैं, २७ चैत । गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि केन्द्रदेखि स्थानीय तहसम्म भएका कामको समीक्षा र थप रणनीति बनाउन ४ छुट्टाछुट्टै कार्यदल गठन गरेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापाले ४ जना सहसचिवको नेतृत्वमा ४ वटा कार्यदल गठन गर्नुभएको हो । कार्यदलअन्तर्गत नै क्लस्टर तोकेर १४ जना उपसचिवहरुलाई पनि खटाइएको छ ।

सहसचिव रामप्रसाद आचार्यको संयोजकत्वमा शान्ति सुरक्षा र सीमा व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी कार्यदल बनाइएको छ । त्यस्तै इन्दु घिमिरेको नेतृत्वमा प्रतिवेदन लेखन तथा सूचना व्यवस्थापन, पुस्कर सापकोटाको नेतृत्वमा स्वास्थ्योपचार परीक्षण व्यवस्थापन तथा संरक्षण र नारायणप्रसाद भट्टको नेतृत्वमा आपूर्ति, कारागार तथा राहत व्यवस्थापन सम्बन्धी जिम्मा दिइएको छ । कार्यदलले सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गरेर काम गर्नेछन् ।

कार्यदललाई कोरोनाविरुद्ध चालिएका कामको प्रभावकारिता, हाल अवलम्बन गरिएको प्रतिकार्य योजना कार्यान्वयनको अवस्था र थप रणनीति बनाउन सुझाव दिने गरी कार्यदेश तोकिएको छ। गृह मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय सरकारबाट कोरोना रोकथाम तथा नियन्त्रण एवं लकडाउन कार्यान्वयनका लागि गरिएका प्रयासको एकीकृत तथ्यांक निर्माणदेखि थप रणनीति बनाउन सुझाव दिने गरी कार्यदल गठन गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);