बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्न राष्ट्र बैंकको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २५ साउन । कोरोनाको जोखिम बढेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्मचारीलाई आलोपालो र सम्भव भएसम्म घरबाटै काम गराउन निर्देशन दिएको छ । राष्ट्र बैकले आइतबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो । राष्ट्रबैकले आवश्यकता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन भनेको छ ।

राष्ट्रबैकले सरकारले देशको विभिन्न स्थानमा लागू गरेको निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोरबिजोर प्रणाली लगायतका विशेष परिस्थितिलाई मध्येनजर गरी घरबाटै काम गर्ने वातावरण बनाउन पनि बैक तथा बित्तिय संस्थालाई आग्रह गरेको छ । यस्तै राष्ट्रबैकले प्रदेशमा सञ्चालन भएका शाखाहरुको हकमा सम्बन्धित, प्रदेश, स्थानीय तह र स्थानीय प्रशासनको निर्णयबमोजिम गर्न पनि आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);