Our Network

मंसिर १३ २०७८, सोमबार

कञ्चनपुरको वेदकोट नगरपालिकामा कोभिड अस्पताल सञ्चालन (भिडियाेसहित)

कञ्चनपुर । कञ्चनपुरको महाकाली उपप्रदेशिक अस्पतालमा बिरामिको चाप बढेको र अन्य जिल्लामा जादाँ बिरामीको अवस्था जटिल भई मृत्युसमेत हुन सक्ने अवस्थालाई ध्यानमा राखेर वेदकोट नगरपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।

दोस्रो चरणको कोरोना संक्रमण लगत्तै तेस्रो भेरिएन्टको खतराबढेपछि कञ्चनपुरको वेदकोट नगरपलिकाले एमविविएस डाक्टरसहित कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको हो । स्थानीय संघ संस्था, रेडक्रस अन्तर्गत सञ्चालन भएको मर्सिकोर परियोजना, सानाकिसान सहकारी संस्था लगायतको आर्थीक सहयोग तथा नगरपालिकाको पहलमा वेदकोटको सामादैजीमा १६ शैयाको कोभिड अस्पताल सुरु भएको हो ।

Leave a Reply