उदयपुरको कोभिड अस्पताल बन्यो कोरोनामुक्त अस्पताल | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

उदयपुरको कोभिड अस्पताल बन्यो कोरोनामुक्त अस्पताल

उदयपुर । चौदण्डीगढी नगरपालिकामा रहेको जिल्लाकै एकमात्र कोरोना अस्पताल ‘उदयपुर कोभिड-१९ अस्पताल’ आइतबारबाट संक्रमितमुक्त अस्पताल बनेको छ । चौदण्डीगढी नगरपालिका-६ स्थित सातधारेमा रहेको कोरोना अस्पताल ६ महिनापछि कोरोनामुक्त अस्पताल बनेको हो ।

कोरोनाको दोस्रो भेरियन्ट सुरु भएसँगै पहिलोपटक गत ९ वैशाखमा त्रियुगा नगरपालिकाका संक्रमित कोरोना अस्पतालमा पहिलोपटक भर्ना भएका थिए । कोभिड-१९ अस्पतालबाट आइतबार चार महिला र दुई पुरुषसहित ६ जना डिस्चार्ज भएसँगै अस्पातल खाली भएको हो । 

कोरोनाको दोस्रो लहर सुरु भएसँगैको यस अवधिमा अस्पतालमा दुई सय ८२ महिला र दुई सय ४७ पुरुष गरी पाँच सय २९ जना भर्ना भएका थिए । जसमध्ये दुई सय ६६ महिला र दुई सय १९ पुरुष गरी चार सय ८५ जना उपचारपछि डिस्चार्ज गरिएको थियो ।

१५ महिला र २७ पुरुष गरी ४२ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको थियो । एक पुरुष र एक महिलाको उपचारको क्रममा ज्यान गएको चौदण्डीगढी नगरपालिका कोरोना फोकल पर्सन तेजबहादुर पोखरेलले जानकारी दिए ।

चौदण्डीगढी नगरपालिकाभित्र दुई महिला र एक पुरुष गरी तीनजना मात्र होम आइसोलेसनमा रहेको नगरपालिकाले जनाएको छ । थप कोरोना संक्रमित नभेटिएकाले चौदण्डीगढी नगरपालिका छिट्टै कोरोनामुक्त हुने चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले जानकारी दिए ।

कोरोनाको पहिलो लहरमा नियन्त्रण र रोकथामका निम्ति उदयपुरको आठ स्थानीय तहको संयुक्त लगानीमा कोभिड-१९ अस्पताल निर्माण भएको थियो । एकताका त्रियुगा नगरपालिका–३ भुल्के कोरोना इपिसेन्टर बनेपछि उदयपुर विकास बोर्डले कोरोना अस्पताल बनाउने निर्णय गरेको थियो । 

बोर्डका अध्यक्ष बलदेव चौधरीको पहलमा उदयपुरको चार नगरपालिका र चार गाउँपालिकाले लगानी गरेर करिब चार करोड लगानीमा सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरी सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताल निर्माणपछि कोरोनाको पहिलो लहरमा एक सय ४५ जनाले उपचार पाएको उदयपुर कोभिड-१९ अस्पताल सञ्चालन समितिका अध्यक्ष तथा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);