प्रदुषणयुक्त दुध वितरण केन्द्र तत्काल बन्द गराउन मन्त्री खनालको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रदुषणयुक्त दुध वितरण केन्द्र तत्काल बन्द गराउन मन्त्री खनालको निर्देशन

chakrapani khanal

काठमाडौं, २४ जेठ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले मानव स्वास्थ्यमा हानी पु-याउने खालका सबै दुध वितरण केन्द्रमाथि कडा कार्वाही गर्न मातहतका निकायलाई कडा निर्देशन दिनु भएको छ ।

मन्त्री खनालले काठमाडौं उपत्यका भित्र रहेका प्रदुषणयुक्त दुध वितरण केन्द्र तत्काल बन्द गराउन पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो । ‘११ औं राष्ट्रिय खाद्य स्वच्छता दिवस’को अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूले मानव स्वास्थ्यमाथि गम्भिर असर पु-याउने खालका दुध वितरण केन्द्रमा छापा मार्न निर्देशन दिएपनि सोही अनुसारको काम गर्न नसकेको भन्दै सम्बन्धित निकायप्रति असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।

मन्त्री खनालले शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिने गरी सरकारले काम गरेपनि त्यसमा कर्मचारी प्रशासनले साथ दिन नसकेको गुनासो पनि गर्नु भयो । उहाँले पोषणयुक्त खाद्य बस्तुको उत्पादनदेखि वितरणसम्मको कामलाई व्यवस्थित बनाउन सरकारले अभियान संचालन गरेपनि पर्याप्त हुन नसकेको पनि स्विकार गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);