सरकारको ध्यान घरेलु तथा साना उद्योगको विकासमा : मन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारको ध्यान घरेलु तथा साना उद्योगको विकासमा : मन्त्री यादव

matrika yadav

काठमाडौं, २४ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले घरेलु तथा साना उद्योगको विकासमा सरकारले विशेष ध्यान दिएको बताउनु भएको छ ।

मन्त्री यादवले घरेलु तथा साना उद्योगको संरक्षणका लागि सरकारले ५ करोडभन्दा बढि लगानी भएको उद्योगमा मात्रै वैदेशिक लगानी भित्र्याउने नीति लिएको पनि स्पष्ट पार्नु भयो ।

शुक्रबार काठमाडौंमा आयोजित ‘उत्कृष्ट महिला उद्यमी सम्मान’ कार्यक्रममा बोल्दै उहाँले सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई साकार पार्न पनि उद्योग क्षेत्रको विकासलाई जोड दिनु परेको स्पष्ट पार्नु भयो । मन्त्री यादवले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन घरेलु तथा साना उद्यमीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);