इलामका कृषक अलैची भित्र्याउन व्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इलामका कृषक अलैची भित्र्याउन व्यस्त

इलाम, २९ असोज । अलैंची खेति इलामको मुख्य उत्पादन मध्ये एक हो । दशैँ सकिएसँगै अहिले इलामका किसानहरु अलैँची भित्र्याउन लागि परेका छन् । असोजदेखि कात्र्तिकसम्ममा टिपिने अलैँची घरमा भित्र्याउन इलामका किसानहरु यतिबेला व्यस्त छन् ।

अहिले इलामका किसानलाई अलैची भित्र्याउन भ्याइनभ्याइ छ । अलैँचीमा छुरी लगाउन र भट्टी लगाउन यहाँका किसानहरु व्यस्त छन् । खोल्सामा फल्ने सुन भनेर परिचित अलैँची बाली जिल्लाको तल्लो क्षेत्रका किसानले भित्र्याइसकेका छन् भने माथिल्लो भेगका किसान धमाधम अलैँची टिप्न थालेका छन् ।

पहिला पहिला खोला खोल्सामा पाइने भएकाले यसलाई खोल्साको सुन भनिए पनि आजकल अन्न बाली मासेर किसानहरुले अलैँची खेती गर्न थालेका छन् ।

बोटमै हुँदा कालाले खाने भएकाले पनि माथिल्लो भेगका किसानहरुले अलैँची टिप्न हतारो गरेका छन् । अलैँचीमा फूल फुलेको बेला असिनाले बिगारेको, रोग लागेकाले उत्पादन घट्दै गएको किसानको भनाई छ ।

इलाममा वार्षिक ५ सय ७६ मेट्रिक टन अलैँची उत्पादन हुने कृषि ज्ञान केन्द्र इलामको तथ्यांकमा उल्लेख छ । १ हजार ६ सय हेक्टर क्षेत्रमा अलैँची लगाइएको भएपनि ढुसीजन्य रोगका कारण अलैँची वगान माँसिदै गएकाले पनि कृषकहरु चिन्तित भएका छन् ।

अलैँची मासिँदै गएपछि उत्पादन पनि घटेको छ भने मुल्यमा समेत वर्षेनी गिरावटा आइरहेको छ । गएको वर्ष प्रतिमन ३० हजारमा किनबेच भएको अलैँची हाल वजारमा २४ हजार प्रतिमन विक्रि भइरहेको अलैँची व्यवसायी महासँघ इलामका अध्यक्ष विजय खाकीले वताउनुभयो । इलाममा उत्पादन भएका अलैँची स्वदेश लगायत भारत तथा अन्य मुलुकहरुमा पनि निर्यात हुने गर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);