दशैँ खर्च जुटाउन किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दशैँ खर्च जुटाउन किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ

तेह्रथुम । पूर्वी पहाडी जिल्लाका किसानहरूलाई कालो सुनले परिचित  अलैँची भित्र्याउने चटारो सुरु भएको छ ।  

नजिकिँदै गरेको दशैँजस्ता ठूला पर्वहरूका लागि खर्च जुटाउन समयमै अलैँची बिक्री गर्ने गरेका छन् । अर्थतन्त्रको मुख्य मेरूदण्डको रूपमा रहेको अलैँची भित्र्याउन अहिले तेह्रथुमका किसानलाई भ्याइनभ्याइ छ । 

केही वर्षअघि एक लाख पाँच हजार रुपैयाँसम्म प्रतिमन पुगेको अलैँचीको मुल्य अहिले खस्किए पनि किसानहरूमा भने निराश छाएको छैन । तेह्रथुमका अलैँची किसानले पाँचदेखि ५० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छथर–६ सुदापका जीवन मगर बताउँछन् । 

अहिले बजारमा अलैँची प्रतिमन २८ हजारदेखि ३२ हजार रुपैयाँ खरिद बिक्री हुँदै आएको व्यापारीले बताएका छन् । जिल्लाको ईवा, ह्वाकु, संग्रान्ती, खाम्लालुङ, सम्दु, ईसिबु ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक,  आङबुङ, जिरीखिम्ती , ,सोल्मा, सुङनाम फुलेक दाँगपा,बसन्तपुर सुदाप आङदिम लगायतका स्थानमा बगानको रूपमा अलैँची खेती हुँदै आएको छ । 

सात सय २३ हेक्टर क्षेत्रफलमा अलैँचीको खेती गर्दै आएका किसानहरूको समस्या समाधनका निम्ति सरकारले गुणस्तरस्तरको मुल्य निर्धारण गरी बजार व्यवस्थापन गर्न सके मात्र किसानहरूलाई राहत मिल्ने किसान नारायण लिम्बूले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);