अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला सहित पक्राउ

buddhachitta

काठमाडौ, १५ असार । काठमाडौं महानगरपालिका-५ स्वयम्भू बडेगाल बस्ने सरोज तिम्सिनालाई अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ केजी ७ सय ग्राम तथा खुल्ला नबुनेको अवस्थामा रहेको बुद्धचित्त२४ केजी सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा अवैध रुपमा बुद्धचित्त सञ्चय गरी राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्तस्वयम्भूबाट खटिएको प्रहरीले घर तलासीगर्दा सानो माला ४ सय १६ थान र ठूलो माला ६ थान गरी उक्त परिमाणको बुद्धचित्तको माला र बुद्धचित्त फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);