पोखरामा लागूऔषध सहित एक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पोखरामा लागूऔषध सहित एक पक्राउ

pakrau

कास्की । पोखरामा लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-१ बगर बस्ने ४९ वर्षीय अर्जुन कुमार गुरुङलाई नियन्त्रित लागूऔषध ६ सय ७४ एम्पुल बुप्रिनर्फिन ईन्जेक्सन, ६ सय ७० एम्पुल डाइजेपाम ईन्जक्सन, ६ सय ७० एम्पुल फेनारगन ईन्जेक्सन र नगद ५ लाख २१ हजार २ सय रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

गुरुङले पोखराका नगर क्षेत्रका विभिन्न स्थानमा अवैध लागूऔषध  खरिद, विक्री तथा ओसारपसार र सञ्चय समेत गरी कारोबार गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको घर तलासी लिने क्रममा कोठामा सुटकेसभित्र लुकाई राखेको उक्त लागूऔषध र उक्त नगद सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);