ललितपुरको खुमलटारमा रोपाईं कार्यक्रम गरी धान दिवस मनाइँदै  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ललितपुरको खुमलटारमा रोपाईं कार्यक्रम गरी धान दिवस मनाइँदै 

काठमाडौ, १५ असार । ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाईं महोत्सब मनाएको छ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको परिषदले जनाएको छ ।

कार्यक्रममा उपस्थित राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले धान खेतिको विकासका लागि उन्नत जातको धानको बीउ प्रयोग गर्ने वातावरण अझैपनि बन्न नसकेको बताउनुभयो ।

कार्यक्रममा सहभागी सरकारी अधिकारीहरुले कृषिमा अनुदानको मोडालिटी परिवर्तन गरी बैंकबाट ५ प्रतिशत ब्याजमा ऋण पाउने, मल तथा बीउमा अनुदान दिने व्यवस्था गरिएको बताएका थिए ।

सररकारी अधिकारीले सलह किराबाट धानको बिउ जोगाउन निरन्तर अनुगमन गर्ने, झुल तथा छाप्रोको प्रयोग गर्ने लगायतका काम गर्न पन किसानहरुलाई सुझाव दिएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);