मन्त्रिपरिषद् विस्तार संविधान विपरीत भएको भन्दै सर्वोच्चमा रिट दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मन्त्रिपरिषद् विस्तार संविधान विपरीत भएको भन्दै सर्वोच्चमा रिट दर्ता

SUPREME_COURT

काठमाडौं, १३ पुष । प्रतिनिधिसभा विघटनपछि काम चलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तार संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

प्रतिनिधिसभा नभएको अवस्थामा संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर गरिएको मन्त्रिपरिषद् विस्तार तत्काल बदर गर्न माग गर्दै अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछाने सोमबार रिट दायर गर्नूभएको हो ।

संविधानको धारा ७७ (१) मा प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने व्यवस्था गरिएको र अहिलेका प्रधानमन्त्री ओली प्रतिनिधिसभा सदस्यसमेत नभएको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने रिट निवेदनमा उल्लेख छ ।

धारा ७७ (३) ले प्रधानमन्त्री पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन गर्नेसम्मको अधिकार दिएको उल्लेख गर्दै अहिलेको सरकार कामचलाउ भएको रिटमा जनाइएको छ ।

संविधानको धारा १३३ (२ र ३) बमोजिम विस्तारित मन्त्रिपरिषद् बदर गर्न रिटमा माग गरिएको छ । रिटको पेसी पुस १५ गतेका लागि तोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);