शम्भु माली
कपिलवस्तु, २४ साउन । कपिलवस्तुमा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमको ८६ लाख ३४ हजार रकम फ्रिज भएको छ । उक्त कार्यक्रममा कुल चार करोड २० लाख बजेट थियो ।
कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र आर्यका अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तरगत ५० पाकेट र नौ ब्लक छन् । जसमध्ये चार वटा पकेट कार्यक्रम र पाँच वटा ब्लक कार्यक्रम लिएकाहरु सम्पर्कमा आएनन् । जसले गर्दा प्रधानमन्त्री कार्यक्रममा रकम फ्रिज भएको प्रमुख आर्यको भनाई छ ।
कृषि विकास कार्यक्रमको ६० लाख र सहकारी स्किम तथा सहकारी सिंचाइ कार्यक्रमको २७ लाख २५ हजार फिर्ता भएको हो । तौलिहवा सडवाका कृषक राम नरेश यादवले सरकारले ल्याएको कृषि कार्यक्रम आफु जस्ता वास्ताविक कृषकसम्म पुग्न नसकी कृषि अनुदानमा आएका अधिकांस रकम गैर कृषक तथा कार्यकर्ता पालन हुने भएकाले विवाद भएको उहाँको भनाई छ ।
८० प्रतिशत बढी जनताको मुख्य पेशा कृषि भएको जिल्लामा आएको रकम समेत खर्च हुन नसक्नु बिडम्बना होे । तरकारी जोनकालागी समुह दर्ता भएको भए पनि आफु जस्ता गरिब कृषकले कुनै सुबिधा नपाएको कृषक राम अवतार मुराउले गुनासो गर्नुभयो ।




