चिनियाँ कम्पनीले माग्यो ६० करोड अग्रिम भुक्तानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चिनियाँ कम्पनीले माग्यो ६० करोड अग्रिम भुक्तानी

money

काठमाडौं, २४ साउन । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले अग्रिम भुक्तानी मागेको छ ।

कम्पनीका अधिकारीहरूले आर्थिक संकट परेको भन्दै अग्रिम रूपमा भुक्तानी दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमक्ष माग गरेका हुन् । मन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलोपटक बिहीबार भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि पुगेका मन्त्री भट्टराईसँग चिनियाँँ ठेकेदार कम्पनीका उच्च अधिकारीहरूले यस्तो माग गरेका हुन् ।

मन्त्री भट्टराईले तोकिएकै समय (डिसेम्बर ३१ भित्र) विमानस्थल निर्माण सम्पन्न गर्न आयोजनाको कार्यालय र निर्माण कम्पनीलाई निर्देशन दिएलगत्तै निर्माणकर्ता चिनियाँ कम्पनीका अधिकारीले अग्रिम भुक्तानीको माग गरेका थिए । ठेकेदार कम्पनीका अधिकारीले अझै पनि नदीजन्य वस्तु र माटोको अभाव भएको तथा आपूmहरूलाई आर्थिक रूपमा कठिनाइ भएको गुनासो गरेका थिए ।

चिनियाँ निर्माण कम्पनीले करिब ६० करोड रुपैयाँ अग्रिम माग गरेको गौतम बुद्ध विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । “उहाँहरूले रकम माग गर्नु भएको हो, तोकिएकै समयमा काम सक्नका लागि कामदार थप्नुपर्ने, अतिरिक्त निर्माण सामग्री थप्नुपर्ने, इक्युपमेन्ट थप्नुपर्ने र कार्य समयसमेत थपेर कम्तिमा १८ घन्टा गराउनका लागि रकम माग गरेका छन्,” उनले भने, “हामीले यो माग दातृ निकाय, राष्ट्रिय गौरवको आयोजनाको कार्यालय, नागरिक उड्डयन प्राधिकरण तथा पर्यटन मन्त्रालयमा फरवार्ड गरेका छौं र त्यहाँ छलफल भइरहे पनि टुंगो लागेको छैन ।” यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);