साउनमै उपभोक्ता समिति गठन, भदौदेखि काम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साउनमै उपभोक्ता समिति गठन, भदौदेखि काम

upabhokta samiti gathan

काठमाडौं, २४ साउन । बिहानीको सिमसिम साउने झरी । घरको आँगनमा जनप्रतिनिधिसहित स्थानीयवासी । गोलो आकारको उपस्थितिले आँगनकोबीच भाग खाली छ । फुङ्लिङ् नगरपालिका–५ की वडाध्यक्ष भीमादेवी ओझाले ढिला नगरी उपभोक्ता समिति गठन निर्देशिका वाचन गरिन् ।

“ठूला योजना पनि माघसम्म सम्पन्न गर्ने अभियानमा छौं ।” वडाध्यक्ष ओझाले भनिन्, “साउन मसान्तसम्म उपभोक्ता समिति गठन गर्छौं । भदौदेखि योजनाको काम सुरु गरी तोकिएको समयमा सक्छौं ।”

वडा नं.–५ स्थित उकालीपानीमा ३ वटा योजना सञ्चालन गर्न उपभोक्ता समिति गठनका लागि भेला भएका छलफलमा जुटे । वडासचिव कर्ण मादेनसहित वडासदस्यहरूले उपभोक्ता समिति गठनका लागि सहजीकरण गरे । ३ वटै योजनाको समितिमा महिला, पुरुष, दलित, अपांग तथा पिछडिएका वर्गलाई समावेश गरियो । ३ लाखको उकालीपानी पैदलमार्गको समिति अध्यक्षमा छनोट भएका लक्षुमण गुरुङले तोकिएकै समयभित्र सम्झौता गरी काम सक्न आतुर रहेको बताए । गुरुङले भने, “प्रायः असारमा मात्र उपभोक्ता समिति गठन र काम हुन्थ्यो । यद्यपि लाभान्वित घरधुरी भेला भएर बेलामा गरेको काम गुणस्तरीय र पारदर्शी हुने अपेक्षा छ ।”

वडाअध्यक्ष ओझाका अनुसार वडाका लागि ९२ लाख रुपैयाँका १७ वटा योजना स्वीकृत भएका छन् । पूर्वाधार निर्माण, मठमन्दिर जिर्णोदार, सामुदायिक भवन, जनचेतनामूलक कार्यक्रम समावेश छन् । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);