चितवनको राप्ती नगरपालिकाको वित्तीय प्रगति ७९.२० प्रतिशत | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

चितवनको राप्ती नगरपालिकाको वित्तीय प्रगति ७९.२० प्रतिशत

दिलीप शर्मा,
चितवन । चितवनको राप्ती नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा ७९.२० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । नगरपालिकाले बुधबार वार्षिक समिक्षा गर्दै सो जानकारी दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगा बहादुर भुजेलले प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक विकास तथा भौतिक पुर्वाधारमा उल्लेख्य खर्च गर्न सफल भएको बताउनुभयो । उहाँले सामाजिक बिकासमा ८३.४४ प्रतिशत र भौतिक पुर्वाधार मा ७९.५५ खर्च गर्न सफल भएको बताउनुभयो ।

नगरपालिकाले आर्थिक बर्ष ७७/७८ मा ९९ करोड ५८ लाख ३२ हजार ३७९ आनुमानित बजेट ल्याएको थियो । सोमध्ये ७७ करोड २३ लाख ६४ हजार १७१ रुपैंया खर्च गर्न सफल भएको हो । सो आर्थिक बर्षमा नगरपालिकाको आन्तरिक आय ७ करोड अनुमान गरिएकोमा बढेर ७ करोड ८४ लाख १३ हजार ५२२ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २६.११ प्रतिशतले आन्तरिक आम्दानी बढेको हो ।

यता संघीय सशर्त अनुदान भने घटेर आएपछि नगरपालिकाको यथार्थ आय जम्मा ९७ करोड ५३ लाख २३ हजार ९७१ रहेको प्रमुख प्रशासकीय अधिकृत भुजेलले जानकारी दिए ।

वडागत खर्चमा वडा नं १० अगाडि

नगरपालिकाको वडागत बजेट कार्यान्वयनमा गर्नेमा वडा नं १० अगाडी छ । वडामा प्राप्त १ करोड ५० लाखमध्ये ९४.१६ प्रतिशत खर्च गर्न सफल भएको वडा अध्यक्ष तथा राप्ती नगरपालिकाका प्रवक्ता अमर बहादुर लामाले जानकारी दिए । वडागत बजेट कार्यान्वयनमा वडा नं ४ सबैभन्दा पछि परेको छ । सो वडाको ६५.९७ प्रतिशत मात्र खर्च भएको देखिन्छ । वडा नं ११ र वडा नं ६ ले पनि क्रमश ७२ र ७४ प्रतिशत मात्र खर्च गर्न सफल देखिएको छ ।

वार्षिक समिक्षा कार्यक्रममा नगर उपप्रमुख इमानसिंह लामाले कोरोना संक्रमणको जोखिममा पनि उल्लेख्य काम गर्न सफल भएको बताए । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा पर्याप्त काम भएको बताउँदै उनले नगरपालिकाको भौतिक पुर्वाधार बिकासको काममा पनि उपलब्धि हासिल गर्न सफल भएको बताए ।

बजेट कार्यान्वयनका क्रममा देखिएको कमिकमजोरीलाई सुधार गर्दै बिकास र सुशासनमा अब्बल नगरपालिका बनाउन लागिपरेको उनले बताए । कोरोना संक्रमणका कारण नगरप्रमुख प्रभा बराल भने कार्यक्रममा अनुपस्थित थिइन्। उनी होम आइसोलेनमा छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);