अल्का अस्पतालमा कार्यरत हाउसकिपरको हत्या, लेलेको जंगलमा भेटीयो शव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अल्का अस्पतालमा कार्यरत हाउसकिपरको हत्या, लेलेको जंगलमा भेटीयो शव

काठमाडौं, २० भदौ । ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत गीता केसीको हत्या भएको छ । अस्पतालमा कार्यरत हाउसकिपर गीता केसीको हत्यामा संलग्न निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ । भदौ १७ देखि हराइरहेकी ३९ वर्षीय गिताको शव आज बिहान प्रहरीले गोदावारी नगरपालिका–१०,मुलडोलस्थित लेलेको जंगलमा भेटिएको बताएको छ ।

निर्मललाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताउनु भएको छ । प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

केसीको परिवारले गीतालाई हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको भएपनि गीताको शव पहिचान शनिबार मात्रै भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);