चितुवाको छाला र हड्डीसहित दुई जना प्रकाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चितुवाको छाला र हड्डीसहित दुई जना प्रकाउ

बझाङ, २३ भदाै । चितुवाको छाला र हड्डीसहित दुई जना प्रकाउ परेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ । बुङ्गल नगरपालिका वडा नं ६ बड्डीज्यावन बस्ने वर्ष २७ काे हरजित बाेहरा र उनकै सहाेदर भाइ वर्ष २३ काे बिरेन्द बाेहरा प्रकाउ परेका छन् ।

बुङ्गल नगरपालिकाबाट बाग्थला आउदै गरेकाे समयमा बुङ्गल नपा वडा नं ३ सल्लेखाेल्चा भन्ने ठाउँमा हरजित बाेहराले बाेकेकाे दुई झाेलाबाट ५ केजी ताैल भएकाे ३८ थान हड्डी र अर्काे झाेलाबाट ४ केजी १.५ ग्राम ताैल भएकाे ३४ थान हड्डी र हरजित बाेहराका भाइ बिरेन्द बाेहराले बाेकेकाे झाेलाबाट चितुवाको दुई छाला ७ फिट ६ ईन्च र अर्काे छाला ८ फिट ६ ईन्च लम्बाई रहेकाे छाला बरामद गरेकाे छ ।

भदाै २२ गते राति बिहान करिव २:४१ बजे सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान ब्युराेकाे टाेली, ईलाका प्रहरी कार्यालय बुङ्गल, अस्थायी प्रहरी पाेस्ट बिजगडा र जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लाेकेन्दसिहं कार्कीकाे नेतृत्वमा खटेकाे प्रहरी टाेलीले चितुवाको छाला सहित दुई जना प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएकाे छ ।

प्रकाउ परेकाे चितुवाको छाला र हड्डी डिभिजन बन कार्यालय बझाङमा बुझाएको र प्रकाउ परेका दुई जना माथि थप अनुसन्धान भैईरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिनु भएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);