धनुषामा बाख्रा चराउन गएकी युवती बलात्कृत, तीनजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धनुषामा बाख्रा चराउन गएकी युवती बलात्कृत, तीनजना पक्राउ

raper

जनकपुरधाम, १८ भदौ । धनुषामा एक किशोरीमाथि बलात्कार भएको छ । बाख्रा चराउन गएकी गणेशमान चारनाथ नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

गत सोमबार बिहान ९ बजे घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको फूलबारीमा बाख्रा चराउन गएकी उनलाई घर फर्किने क्रममा मास्क लगाएर आएका एक युवकले झाडीमा लगेर बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थ बहादुर कार्कीले जानकारी दिनुभयो ।

पीडित पक्षले घटनाबारे ईलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ३ जना युवकलाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);