दुई भारतीयद्धारा ११ बर्षीया बालिका बलात्कृत | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

दुई भारतीयद्धारा ११ बर्षीया बालिका बलात्कृत

balika rape

काठमाडौं, २६ कात्तिक । ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् ।

ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्र नजिकै बाख्रा चराउन गएकी थिइन् । पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८ र १९ बर्षीया युवक छन् । उनीहरुले बलात्कार गरेको स्विकारिसकेको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए ।

प्रहरीका अनुसार आईतबार करिब ४ बजे दुई बालिका बाख्रा चराउन गएका थिए  । साथी पानी पिउन गएको मौका छोपी उनीहरुले ती बालिकालाई बलात्कार गरेका हुन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा छ ।