ललितपुरमा निषेधाज्ञाकाे उल्लंघन, सुरक्षामा खटिएका प्रहरीमाथि ढुंगामुडा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ललितपुरमा निषेधाज्ञाकाे उल्लंघन, सुरक्षामा खटिएका प्रहरीमाथि ढुंगामुडा

ललितपुर, १८ भदौ । केही समय अघिदेखि रोकिएर रहेको रातो मछिन्द्रनाथको रथ तान्न बिहीबार अचानक पुल्चोकमा थुप्रै युवाहरूको ठूलो समूह देखा परे । लामो समय रोकिएको जात्रा सम्पन्न गर्न यसरी युवाहरुमा देखिएको यो साँस्कृतिक जागरण सराहनीय छ । आफ्नो जात्रापर्व प्रति युवाहरूले देखाएको यो जाँगरलाई प्रशंसा गर्नै पर्दछ । तर जागरण सराहनीय भए पनि युवाहरुले त्यो जागरण कार्यान्वयन गर्न अपनाएको विधिले साँच्चै संस्कृतिको रक्षा ग¥यो कि गरेन, त्यसमा भने प्रश्न जन्माइदिएको छ ।

कोरोना महामारीले भयावह रुप लिइरहेको यो अवस्थामा संस्कृति सम्पन्न गर्ने नाममा जुन प्रकारका गतिविधिहरू गरे, त्यसलाई भने कदापी पनि युवाहरुले बुद्धिमतापूर्ण कार्य मान्न सकिन्न । एक त राज्यले कोरोना भाइरसको संक्रमितको संख्या दिनहुँ बढी रहेकोले निषेधाज्ञा जारी गरेको अवस्था छ । अर्को तर्फ नेपालको संस्कृति जसरी पनि मान्न हुने रहेछ भन्ने मान्यतालाई स्थापित गर्न युवाहरु उद्यत रहे भन्ने प्रश्न उठेको छ ।

यो प्रश्न सँगसँगै युवाहरुले नेपालको साँस्कृतिक मूल्य मान्यताको उपहास गरेको बुझाइ पनि यस घटनाबाट पुष्टि हुन्छ । वास्तवमा मछिन्द्रनाथको रथ यात्रा यसरी वेवारिसे अवस्थामा गर्न पनि मिल्दैन । मछिन्द्रनाथको जात्रा सञ्चालन गर्ने आफ्नै विधि र प्रकृया छ । त्यसको लागि ज्योतिषहरुसँग साइत जुराएर, साँस्कृतिक बाजागाजासहित गुरुजुको पल्टन, भजन मण्डली, भक्तजन, स्थानीय जनसागरको सहभागितामा यो जात्रा सम्पन्न हुने गर्दछ । तर जथाभावी रुपमा मछिन्द्रनाथको रथ तान्ने कार्य युवाहरुबाट भयो यो नेपालको संस्कृति मनाउने उचित तरीका भने होइन ।

युवाहरुको यो हर्कतले मछिन्द्रनाथको रथयात्रा जुन बेला जसरी पनि तान्न हुने रहेछ भन्ने गलत मान्यतालाई स्थापित गरिदिन्छ । यसले संस्कृति बचाउने होइन मास्ने र गलत संस्कृति र संस्कारलाई स्थापित गरिदिन्छ । नेपालको सामाजिक संस्कार र संस्कृतिहरू यति कमजोर छैनन् जुन एक वर्ष रोकिदैनमा सदाको लागि मासिएर जान्छ । यस्ता धेरै उदाहरणहरु छन् जसले नेपालको मासिएर गएको संस्कृतिलाई पनि अहिले ब्यूँताउने कार्य भएको छ ।

थिमिको निलबाराहीको जात्रा, पाटनको कात्तिक नाच जस्ता जात्राहरु हुने जुन लामो समय रोकिएर पछि फेरि सञ्चालनमा आएर अहिले स्थापित भइसकेको छ । त्यसैले गलत नजिर बस्ने गरी संस्कृतिमाथि कसैले पनि धावा बोल्नु हुँदैन । यसलाई आफ्नै विधि र प्रक्रियाबाट चलन दिनुपर्छ ।

भावनामा बहकिनु भन्दा आफ्नो साँस्कृतिक मूल्य मान्यतालाई र त्यसको महत्वलाई आत्मसात गरी अगाडी बढ्न सके युवाहरुको यो जोश र जागरणलाई सलाम गर्न सकिन्छ तर बेमौसममा बाजा बजाएर युवाहरुले मछिन्द्रनाथको रथ तान्ने जुन हर्कत देखायो यसले एकातिर नेपालको संस्कृतिलाई अपमान गर्न पुगेको छ भने अर्कोतिर युवा जनशक्तिको दुरुपयोग पनि हुन पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);