बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

arrest

भक्तपुर, ६ साउन । बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका–५ घर भई हाल सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा पाँच दिन कैद र ६ लाख ९६ हजार १ सय रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);