ओखलढुङगा । १५ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–७ घर भएका २० वर्षीय कमल मगर रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ती किशोरीलाई सुनकोशी गाउँपालिका–९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी मगरले बालयौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बालयौन दुरुपयोग गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
ताजा समाचार
कप्तान रेनुका कम्तिमा १० साता मैदान बाहिर रहने
९ घन्टा अघि
फ्रेञ्चाइजी फिल्मबाट टाढिँदै जेम्स क्यामरुन
१० घन्टा अघि