कोमललाई उम्मेदवार बनाएपछि एमालेमा हंगामा | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

कोमललाई उम्मेदवार बनाएपछि एमालेमा हंगामा

k oli

काठमाडौं, १० माघ । नेकपा एमालेभित्र राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोट पक्रियामा पार्टीमा पुर्याएको योगदान भन्दा पनि मापदण्डविपरीत उम्मेदवार छनोट गरिएको भन्दै विवाद देखिएको छ ।

पार्टीले बनाएको मापदण्डको आधारभन्दा पनि नेताहरुको खल्तीबाट राष्ट्रियसभाका उम्मेदवार छनोट हुँदा इमानदार नेताहरु ओझेलमा परेको भन्दै नेतृत्वको आलोचना भएको छ ।प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्यका लागि कोमल वलीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट टिकट पाउने चर्चा भए पनि अन्तिममा आएर पार्टीले वलीको नाम हटाएको थियो । लगत्तै उनले बागी उम्मेदवारी दिएपछि एमालेका नेता शंकर पोखरेलको आग्रहमा उम्मेदवारी फिर्ता लिएकी थिइन् ।राप्रपा परित्याग गरेर निर्वाचनको केही अघि मात्र वली एमालेमा प्रवेश गरेकी थिइन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा खबर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);