केन्द्रीय सरकारमै ७ हजार कर्मचारी अभाव पदपूर्तिमा ढिलाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

केन्द्रीय सरकारमै ७ हजार कर्मचारी अभाव पदपूर्तिमा ढिलाइ

karmachari

काठमाडौं, ११ भदौ । केन्द्रीय सरकारका विभिन्न मन्त्रालय तथा निकायमा लामो समयदेखि झन्डै ७ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको छ । केन्द्रीय सरकारमै त्यति धेरै कर्मचारी अभाव हँुदा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदपूर्ति प्रक्रिया भने थाल्न सकेको छैन । कर्मचारी अभाव हुँदा नीति निर्माण तहदेखि सेवा प्रवाहसम्ममा समेत गम्भीर समस्या परिरहेको अधिकारीहरूले बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल केन्द्रीय सरकारमा खरिदारदेखि सहसचिवसम्मका विभिन्न सेवा समूहमा गरी ७ हजार पद रिक्त रहेका हुन् । जसअनुसार नीतिगत तहमा महŒवपूर्ण भूमिकामा रहने सहसचिवमा मात्रै १६३ पद रिक्त छ । यसैगरी ३ सयको संख्यामा उपसचिव र ६ सयको संख्यामा शाखा अधिकृत पद रिक्त रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खरिदार, सुब्बालगायतका राजपत्र अनंकित गरी विभिन्न पदमा झन्डै ६ हजार कर्मचारी रिक्त अवस्थामा छन् । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);