रिक्त पद खोज्न सात टोली, स्थानीय तह र प्रदेशका लागि लोकसेवा भर्ना छिट्टै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रिक्त पद खोज्न सात टोली, स्थानीय तह र प्रदेशका लागि लोकसेवा भर्ना छिट्टै

loksewa aayog

काठमाडौं, १७ चैत । सरकारले प्रदेश र स्थानीय तहमा विभिन्न सेवा समूहका रिक्त पद पत्ता लगाउन सात टोली परिचालन गर्ने निर्णय गरेको छ । पहिलो चरणमा स्थानीय तह र प्रदेशका लागि संघीय लोकसेवा आयोगद्वारा भर्ना प्रक्रिया थाल्ने गरी गृहकार्य अघि बढाइएको छ । दुवै तहमा गरेर झन्डै ३२ हजार पद रिक्त छन् तर तत्काल १५ हजारदेखि २० हजारसम्ममा रिक्त दरबन्दीमा पदपूर्ति गर्ने सरकारी तयारी छ ।

हाल अवरुद्ध रहेको लोकसेवाका परीक्षा खुलाउने उद्देश्यका साथ सरकारले रिक्त पदको खोजी थालेको हो । यसअघि कर्मचारी समायोजन हुन नसक्दा र रिक्त दरबन्दीको पहिचान हुन नसक्दा लोकसेवाको परीक्षा अवरुद्ध हुँदै आएको थियो । अब समायोजन प्रक्रिया सकिएकाले रिक्त दरबन्दी पत्ता लगाउन सहज हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

कर्मचारी समायोजन सम्पन्न गरेको सरकारले सहसचिव नेतृत्वमा सातवटा टोली परिचालन गरेको हो । सोही टोलीले पहिचान गरेको रिक्त दरबन्दीमा लोकसेवा आयोगद्वारा पदपूर्ति प्रक्रिया थालिने सरकारी तयारी छ । प्रदेश लोकसेवा आयोग गठन नभएकाले संघीय लोकसेवा आयोगद्वारा नै प्रदेश र स्थानीय तहमा रिक्त दरबन्दीमा पदपूर्ति गरिने भएको हो ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);