'समृद्धिका लागि विशेष अभियान सञ्चालन गर्न आग्रह' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘समृद्धिका लागि विशेष अभियान सञ्चालन गर्न आग्रह’

pradesh2 gyapanpatra

काठमाडौं, १ जेठ । सांसदहरुले प्रदेश–२ को समृद्धिका लागि विशेष अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेका बेला प्रदेश–२ का सांसदहरुले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिक भेटगरी समृद्धिका लागि विशेष अभियान सञ्चालन गर्न आग्रह गरेका हुन् ।

कृषि क्षेत्रको सुधार तथा चुरे संरक्षणमा जोड नदिए तराईमधेशमा भयावह अवस्था सृजना हुने उनीहरुको भनाइ थियो । सांसदहरुले नदी नियन्त्रणका लागि तत्काल तटबन्ध निर्माण कार्यलाई तीव्रता दिन प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराएका थिए । भेटमा प्रधानमन्त्री ओलीले प्रदेश–२ को विकासका लागि आफूले उच्च प्राथमिकता दिने बताएको सांसद प्रदीप यादवले जानकारी दिए ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको क्रममा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);