प्रदेश–२ को समृद्धिका लागि विषेश अभियान चलाउन ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदेश–२ को समृद्धिका लागि विषेश अभियान चलाउन ध्यानाकर्षण

काठमाडौं, १ जेठ । सांसदहरुले प्रदेश–२ को समृद्धिका लागि विशेष अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेका बेला प्रदेश–२ का सांसदहरुले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिक भेटगरी समृद्धिका लागि विशेष अभियान सञ्चालन गर्न आग्रह गरेका हुन् । कृषि क्षेत्रको सुधार तथा चुरे संरक्षणमा जोड नदिए तराई मधेशमा भयावह अवस्था सृजना हुने उनीहरुको भनाइ थियो ।

सांसदहरुले नदी नियन्त्रणका लागि तत्काल तटबन्ध निर्माण कार्यलाई तीव्रता दिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए । भेटमा प्रधानमन्त्री ओलीले प्रदेश–२ को विकासका लागि आफूले उच्च प्राथमिकता दिने बताएको सांसद प्रदीप यादवले जानकारी दिए ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको क्रममा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);