भुटानी नागरिकले वंशजका आधारमा नेपाली नागरिकता लिएको खुलासा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

भुटानी नागरिकले वंशजका आधारमा नेपाली नागरिकता लिएको खुलासा

citizenship

झापा, १ जेठ । जिल्ला प्रशासन कार्यालय झापाबाट भुटानी नागरिकले वंशजका आधारमा नेपाली नागरिकता लिएको खुलासा भएको छ । भुटानी नागरिकले वंशजका आधारमा नेपाली नागरिकता पाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि सो खुलासा भएको हो ।

भुटानी नागरिक गोपाल बिष्ट, जीवन बिष्ट र उनीहरुका आफन्तले नेपाली नागरिकता लिएको भन्दै छानविनको माग सहित जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

उनीहरुले झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको भन्दै स्थानीय देवेन्द्र खड्काले उजुरी दर्ता गराएका थिए । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय झापाले छानबिन प्रक्रिया अगाडी बढाएको छ ।

नेपाली नागरिकता लिएका जीवन भुटानका सरकारी जागिरे हुन् भने गोपाल, र उनीहरुका परिवार अहिले पनि भुटानमै बस्दै आएका छन् । सहदेव भने शरणार्थीहरुको तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका गएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);