सर्वोच्चकै आदेश बाझिएपछि नागरिकतामा अन्योल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सर्वोच्चकै आदेश बाझिएपछि नागरिकतामा अन्योल

SUPREME_COURT

काठमाडौं, ११ जेठ । सर्वोच्च अदालतले नागरिकता वितरणका विषयमा दिएको फरक–फरक आदेशले अन्योल सिर्जना गरेको छ । जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने सम्बन्धमा सर्वोच्चले आफ्नै आदेशविपरीत फैसलासमेत सुनाएको छ ।

गृह मन्त्रालयले वंशजका नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयमा गरेको परिपत्रविरुद्ध सर्वोच्चमा परेको रिटको फरक–फरक इजलासबाट छुट्टाछुट्टै आदेश आएको हो । यसबाट एउटै विषयमा सर्वोच्चले दिएका फैसला बाझिएका छन् भने आदेशलाई लिएर न्यायाधीशहरू नै अलमलमा परेका छन् ।

सर्वोच्चकै फैसला बाझिन्छ
१३ असार ०७४ मा सुनसरीको साबिक रामगेज बेलगछिया गाविसका नेहा दास र प्रिया दासले आफ्ना बाबु र आमा दुवैको जन्मका आधारमा नागरिकता लिएको, तर आफूले वंशजका आधारमा नागरिकता नपाएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो रिटमा फैसला गर्दै सर्वोच्चले जन्मका आधारमा नागरिकता पाएका उनीजस्तै अन्य व्यक्तिका हकमा पनि वंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयलाई निर्देशनात्मक आदेश दिएको थियो । २५ माघ ०७४ मा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश टंकबहादुर मोक्तानको संयुक्त इजलासले यस्तो आदेश दिएको थियो ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);