डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

kp oli pm

काठमाडाैं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईका विभिन्न जिल्लामा देखिएको डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मानव सूचकांकमा समेत पछि परेको प्रदेश नम्बर २ को विकास निर्माणको कामलाई गति दिने आश्वासन पनि दिए । शनिबार अपरान्ह पार्टीका प्रदेश २ का प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुसँग सामुहिक भेट गरी तराईमा देखिएको डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताएका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले चुरे क्षेत्रको संरक्षणका लागि उचित व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको सांसद प्रभु साहले जानकारी दिए । पार्टीका सांसदहरुले प्रधानमन्त्री ओलीलाई प्रदेश २ को शिक्षा, स्वास्थ्य र रोजगारीको उचित व्यवस्था गर्न पनि ध्यानाकर्षण गराएका थिए । शिक्षा, स्वास्थ्य र रोजगारीको उचित व्यवस्था गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरिएको सांसद सरिताकुमारी गिरीले जानकारी दिइन् ।

प्रधानमन्त्री ओलीले जनताको समस्या बुझ्नका लागि प्रदेश स्तरीय पार्टीका सांसदहरुको भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । यस अघि उनले प्रदेश नम्बर १ का सांसदहरुसँग भेटगरी त्यहाँको समस्याबारे जानकारी लिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);