उच्च शिक्षा अध्ययनको बहानामा बर्षेनीे हजारौं युवा विदेश पलायन | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

उच्च शिक्षा अध्ययनको बहानामा बर्षेनीे हजारौं युवा विदेश पलायन

तेजना पण्डित

काठमाडौं, १ जेठ । उच्च शिक्षा अध्ययनको बहानामा बर्षेनी हजारौं युवा विदेश पलायन भइरहेका छन् । विदेश पलायन हुने विद्यार्थीको संख्या हरेक बर्ष बढ्दो छ । आर्थिक बर्ष २०६९/७० मा अध्ययनका लागि १६ हजार पाँचसय ४ जना विदेश गएकोमा आर्थिक बर्ष २०७३/७४ मा यो संख्या तेब्बरले बढेर ५० हजार ६ सय ५९ पुगेको छ ।

रोजगारीका लागि होस या अध्ययनका लागि बर्षेनी ठूलो संख्यामा युवा विदेश पलायन भइरहेका छन् । विदेश जानेहरु अधिकांश देशको राजनीतिक अस्थिरता, बेरोजगारी समस्या तथा, व्यवहारीक शिक्षाको कमीका कारण देश छोड्नु परेको बताउँछन् ।

अध्ययनका लागि विदेश जानेहरु नेपालको शिक्षा प्रणाली व्यवहारीक नभएको तर्क गर्छन । कतिपय भने अन्दाजको भरमा पनि अध्ययनका लागि विदेश गइरहेका छन् ।

पछिल्लो समय नेपालमा पनि उच्च स्तरका शैक्षिक संस्था खुल्ने क्रम बढ्दो छ । नेपालमै स्वदेशी विश्वविद्यालयको मात्र नभइ विदेशी विश्वविद्यालयको शैक्षिक कार्यक्रम पनि सञ्चालन भइरहेको छ ।

सरकारले पनि शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको छ । तर, पनि विद्यार्थीहरुको विदेश मोह बढ्दो छ । विगत पाँच बर्षको तथ्याङ्क हेर्ने हो भने अध्ययनका लागि विदेश पलायन हुने विद्यार्थीको संख्या तीन गुणाले बढेको छ ।

आर्थिक बर्ष २०६९/७० मा १६ हजार ५ सय ४ जनाले एनओसी लिएको मा आर्थिक बर्ष २०७३/७४ यो संख्या तीन गुणाले बढेर ५० हजार ६ सय ५९ पुगेको शिक्षा मन्त्रालयले जनाएको छ । अध्ययनका लागि विदेश जानेहरुको पहिलो रोजाइ अष्ट्रेलिया बनेको छ ।

शिक्षा प्रणाली अव्यवहारीक हुनु र पढ्नका लागि छोराछोरी विदेश पठाउँदा सामाजिक प्रतिष्ठा बढ्छ भन्ने अभिभावकको मानसिकताका लागि विद्यार्थी विदेश पलायन भएको सरोकारवालाहरुको भनाइ छ ।

नेपालका विश्व विद्यालयलाई विश्वास नगरी बर्षेनी हजारौं विद्यार्थी विदेश पलायन भइरहँदा पनि सम्बन्धित निकायले भने शिक्षा प्रणालीमा देखिएका कमजोरी सुधारका लागि खासै पहल गरेको देखिँदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);