प्रधानमन्त्री ओलीमाथि अविश्वास गर्नुपर्ने कुनै कारण छैन : भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

प्रधानमन्त्री ओलीमाथि अविश्वास गर्नुपर्ने कुनै कारण छैन : भट्टराई

Yogesh-Bhattarai

काठमाडौं, १ जेठ । सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रवादी अडान राख्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आलोचना गरिरहेका बेला सचिव भट्टराईको यस्तो भनाई बाहिर आएको हो ।

मंगलबार काठमाडौंमा अखिल क्रान्तिकारीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीले संसदमा समेत मुलुकको जिम्मेवारी आफूले लिने भनि दिएको अभिव्यक्ति भरोसायोग्य रहेको बताए । सचिव भट्टराईले सरकारलाई सचेत गराउन भने विद्यार्थी संगठनहरुको ध्यानाकर्षण गराएका छन् ।

सचिव भट्टराईले सरकारमाथि विश्वास गरेर मुलुकको शैक्षिक क्षेत्रका मुद्दा सम्बोधनका लागि आवश्यक पहल गर्न पनि विद्यार्थी संगठनहरुसँग आग्रह गरे । अनेरास्ववियूका पूर्व अध्यक्ष समेत रहेका उनले मुलुकमा आएको परिवर्तनको नेतृत्व विद्यार्थी संगठनहरुको अथक परिश्रमको फल भएको दावी गरे ।

ताजा समाचार