प्रधानमन्त्री ओलीले गरे जगतगुरु शंकराचार्यलाई अभिनन्दन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीले गरे जगतगुरु शंकराचार्यलाई अभिनन्दन

काठमाडौं, १ जेठ । जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वतीको काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित धार्मिक प्रवचन कार्यक्रममा जगतगुरु निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन गरेका हुन् । जगत गुरु शंकराचार्यलाई हिन्दु धर्म दर्शनको सबैभन्दा विद्धानको रुपमा लिइन्छ ।

यसै अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सबै धर्मले विश्व शान्ति, मित्रता र सदभाव चाहेको स्पष्ट पारे । उनले ‘सबै मानव सुखी रहून’ भन्ने सबै धर्मको उद्देश्य रहेको पनि स्मरण गराए ।

प्रधानमन्त्री ओलीले महाभारतमा अन्यायको नाश गर्न गरिएका प्रयासहरुको वर्णन गर्दै समयक्रममा सबै धर्मले क्रोधमुक्त हुन आह्वान गरेको पनि उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले १० दिने नेपाल भ्रमणका लागि आईतबार काठमाडौं आएका जगतगुरु शंकराचार्यलाई नेपाल आएकोमा आभार व्यक्त गरे । जगतगुरु शंकराचार्यद्धारा लिखित धर्मदर्शन पुस्तकमध्ये १ सय ६१ वटा पुस्तक विश्व विख्यात छन् ।

उनी सन् १९९२ देखि जगतगुरु शंकराचार्य बनेका हुन् । नेपाल बसाईको क्रममा उनले पशुपतिनाथको पूजाआराधनाका अलावा चितवन, हेटौडा र वीरगंजमा पनि आध्यामिक यात्रा गर्ने कार्यक्रम तय गरिएको छ । अघिल्लो वर्ष माघमा जगतगुरु शंकराचार्यले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नै पीठमा बोलाएर हिन्दु सम्राट घोषणा गर्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);