पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरबाट खाध्यन्न ल्याउने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरबाट खाध्यन्न ल्याउने तयारी

pahiro

काठमाडौं, ९ साउन । मंगलवार राति अबिर वर्षातसँगै गुल्मीको सत्यवति गाउँपालिकाको २ वटा वडामा गएको पहिरो प्रभावित क्षेत्रका सडकहरु अबरुद्ध हुँदा उद्धार र राहत वितरणमा समस्या थपिदै गएको छ । पहिरोले वढि मानवीय क्षति भएको वडा नं ४ लिम्घा पुग्ने सडक अबरद्ध बनेको छ ।

उद्धारमा पुग्ने सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संघ, संस्था र रिर्पोटिङ्ग गर्ने पत्रकार साढे दुई घण्टा पैदल हिडेर घटनास्थल पुगेका थिए । राहत बोकेर हिडेका गाडीहरु शाहाघाटमै रोकिएका छन् ।ठुलोलुम्पेक जाने सवै सडक अबरुद्ध छन् ।

विभिन्न स्थानबाट आएको राहत सामग्रीहरु रुद्रवेणीमा रोकिएका छन् । सत्वतिमा गाउँपालिका वडा नं ३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ ।

पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । लुम्पेककै अन्य वस्ति पनि पहिरोको खतरामा रहेकाले करिव ४ सय जनालाई स्थानीय धर्मपुर मावि तथा अस्लेवाका विभिन्न स्थानमा स्थान्तरण गरिएको हो ।

वडा नं ४ लिम्घामा पनि २ सय घर परिवारलाई सरस्वति माविमा व्यावस्थापन गरिएको छ । वडाध्यक्ष दान बहादुर रानाका अनुसार पहिरोनै गएको गाउँका र अन्य जोखिम भएका गाउँका परिवार समेत पानी परेपछि रातिनै घर छोडर आएका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);