मेची भन्सारको राजस्व संकलन घट्यो, लक्ष्यको ६० प्रतिशत मात्र | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मेची भन्सारको राजस्व संकलन घट्यो, लक्ष्यको ६० प्रतिशत मात्र

mechi bhansar karyalay

खगेन्द्र घिमिरे

झापा, १६ बैशाख ।  मेची भन्सार कार्यालयमा आर्थिक वर्ष २०७५/०७६ मा राजस्व संकलन घटेको छ । मेची भन्सार कार्यालयले राजस्व संकलनको लागि लिएको लक्ष्यको हालसम्म जम्मा ६० दशमलव ५१ प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएको हो ।

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा १२ अर्ब ८२ करोड ६१ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो । तर, बितेको ९ महिनाको अवधिमा जम्मा ६० दशमलव ५१ प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी हुँदा चैतसम्मको असुली सात अर्ब ७६ करोड ११ लाख रूपैयाँ रहेको छ ।

चैतसम्मको लक्ष्य नौ अर्ब २३ करोड ४७ लाख राखिएको थियो । लक्ष्य अनुसार चैतसम्ममा ८४.०४ प्रतिशत मात्र राजस्व संकलन भएको मेची भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७४/०७५ मा मेची भन्सार कार्यालयलाई नौ अर्ब २० करोड रूपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको थियो । जसमा लक्ष्यभन्दा बढी १० अर्ब १८ करोड २७ लाख राजस्व संकलन भएको देखिन्छ । आर्थिक वर्ष २०७३/०७४ को तुलनामा ५६ प्रतिशतले राजस्व वृद्धि भएको थियो ।

भारतबाट नेपालमा आयात हुँदै आएका कोइला, क्लिंकर र इन्धनको आयात घटेको छ । भारतमा खानी बन्द हुँदा मेघालय र असामबाट नेपाल आयात हुने पत्थर कोइला, क्लिंकर र इन्धनको आयात घटेको तथ्याङ्कले देखाएको छ । भन्सार कार्यालयबाट नियमित आयात हुने कोइला, क्लिंकर र इन्धनको आयात घटेकाले राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको कार्यालयका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए ।

हेटौँडामा रहेको नेपालकै सबै भन्दा ठूलो सिमेन्ट उद्योग कारखाना होङ्गसी शिवम् सिमेन्ट उद्योगले आफै क्लिङकर उत्पादन गर्न थालेको कारण पनि आयात घटेको उनको बुझाई छ । राजस्व संकलनमा सबैभन्दा धेरै योगदान पु-याउँदै आएका ती वस्तुको आयात ठप्प भएकाले राजस्व संकलनमा गिरावट आएको भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । आव २०७५/७६ चैतसम्म आयात भएका प्रमुख वस्तुमा पेट्रोलियम पदार्थ २७ प्रतिशत छ । अन्य कोइला १० प्रतिशत, क्लिंकर ९ प्रतिशत, जुस (बंगलादेश) ५ प्रतिशत, जुत्ता १ प्रतिशत र अन्य वस्तु ४० प्रतिशत आयात रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);