कालिकोटमा ३० करोड बेरुजु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कालिकोटमा ३० करोड बेरुजु

Beruju

काठमाडौं, १६ बैशाख । कालिकोटका स्थानीय तहमा गत वर्ष ३० करोडभन्दा बढी बेरुजु रहेको छ। महालेखा परीक्षकको कार्यालयको ५६ औं वार्षिक प्रतिवेदनमा नौ वटा स्थानीय तहमा ३० करोडभन्दा बढी रकम बेरुजु देखिएको हो। सबै तहमा गरी ३० करोड ३५ लाख रुपैयाँ बेरुजु छ।

रकमान्तर नगरी विनियोजित शीर्षकभन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, जनप्रतिनिधिले बैठक, भ्रमण भत्ताका नाममा दोहोरो सुविधा लिएको, सार्वजनिक खरिद ऐन प्रतिकूल हुने गरी निर्माणमा उपकरण प्रयोग गरेको, प्रतिस्पर्धाबिना सामग्री खरिद र योजनाको काम गरेकोलगायत कमजोरी प्रतिवेदनमा औंल्याइएको छ। यो समाचार आजको अन्नपुर्ण पोष्ट् दैनिकमा लेखेको छ ।

सबैभन्दा बढी शान्नीत्रिवेणी गाउँपालिकाको नौ करोड ८४ लाख ९४ हजार बेरुजु छ। यस्तै, खाडाचक्र नगरपालिकाको चार करोड १९ लाख ५१ हजार र रास्कोट नगरपालिकाको एक करोड ४३ लाख ८२ हजार बेरुजु छ। तिलागुफा नगरपालिकाको एक करोड ९५ लाख ७९ हजार, पचालझरना गाउँपालिकाको तीन करोड ८१ लाख ९६ हजार, नरहरिनाथको एक करोड ८९ लाख ५९ हजार, शुभकालीकाको एक करोड ६४ लाख ५७ हजार र महावै गाउँपालिकाको चार करोड २१ लाख ५५ हजार र पलाँताको एक करोड ३३ लाख २९ हजार रुपैयाँ बेरुजु देखिएको छ।

यति धेरै रकम बेरुजु निस्किनुको कारण थाहा नभएको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले बताए। जिल्लाका अन्य स्थानीय तहको पनि सेवा प्रभावकारी नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);