लगानीको अभावमा माथिल्लो कर्णाली जलविद्युतको काम अघि बढाउन सकिएन : मन्त्री पुन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लगानीको अभावमा माथिल्लो कर्णाली जलविद्युतको काम अघि बढाउन सकिएन : मन्त्री पुन

काठमाडौं, १६ बैशाख । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले लगानीको अभावमा माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम अघि बढाउन नसकिएको स्पष्टिकरण दिएका छन् ।

मन्त्री पुनले संविधान, कानुन र जनताको हितलाई ध्यानमा राखेर जलस्रोतको विकास र व्यवस्थापन गर्न सरकार प्रतिवद्ध रहेको बताए । ‘संघीयतामा जलस्रोत विकास र व्यवस्थापनमा केन्द्र–प्रदेश सम्बन्ध’ विषयक कार्यशाला गोष्ठीलाई सोमबार ललितपुरमा उद्घाटन गर्दै उनले जनताको हितलाई केन्द्र विन्दुमा राखेर जलस्रोतको विकास र व्यवस्थापन गर्ने सरकारको योजना रहेको बताए । मन्त्री पुनले जलविद्युत क्षेत्रमा लगानीको अभाव भएकाले बाह्य लगानीमा जोड दिनु परेको बताए ।

मन्त्री पुनले प्रदेश र स्थानीय तहको सहमतिमा मात्रै जलस्रोतको व्यवस्थापन हुने भएकाले सोही अनुसारको जलस्रोत नीति बनाउने कामलाई सरकारले अन्तिम चरणमा पु-याएको बताए । कार्यक्रममा प्रतिनिधिसभाका सांसद कृष्णभक्त पोखरेलले संघीयतामा प्राकृतिक स्रोतहरुको बाँडफाँडसम्बन्धि संवैधानिक व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);