चालु आर्थिक वर्षको तीन महिनामा ७ अर्ब बढी राजस्व संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

चालु आर्थिक वर्षको तीन महिनामा ७ अर्ब बढी राजस्व संकलन

nepali money

काठमाडौं, १६ कात्तिक । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको तीन महिनामा ७ अर्ब बढी राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७५–७६ मा २७ अर्ब ६१ करोड ३६ लाख ५३ हजार रुपैंयाँ राजश्व संकलन गर्ने वार्षिक लक्ष्य निर्धारण गरेको थियो ।

असोज मसान्तसम्म ६ अर्ब २० करोड ६ लाख २१ हजार रुपैंयाँ लक्ष्य निर्धारण गरेकोमा कार्यालयले ७ अर्ब ३३ करोड ९२ लाख ५३ हजार रुपैंयाँ संकलन गरेको छ ।

यो लक्ष्य भन्दा १ सय १८ प्रतिशत वढी भएको राजश्व कार्यालयको भनाई छ । कार्यालयले गत वर्षका करदाताले आय विवरण पेस गर्दा आय विवरणसँगै घरबहाल कर पनि सोझै बैंकमा दाखिला गर्ने व्यवस्था गरेकाले वढी राजश्व संकलन भएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);