चालु आर्थिक वर्षमा साँढे १४ अर्ब राजस्व संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चालु आर्थिक वर्षमा साँढे १४ अर्ब राजस्व संकलन

rajaswo bharatpur

चितवन, १३ बैशाख । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको नौ महिनामा साँढे १४ अर्ब रुपैंयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कार्यालयले १४ अर्ब ४५ करोड ६७ लाख ३७ हजार रुपैया राजश्व संकलन गरेको हो ।

गत आर्थिक वर्षको चैत सम्मको तुलनामा यस आर्थिक बर्षमा संकलित राजस्व रकम ३० दशमलव ६२ प्रतिशतले बढी हो । आन्तरिक राजस्व कार्यालय भरतपुरका सूचना अधिकारी डिल्लीराम पौड्यालका अनुसार गत आर्थिक वर्षको चैतसम्म कार्यलयले ११ अर्ब ६ करोड ७७ लाख ५१ हजार राजश्व रुपैया संकलन थियो । यो रकम गत आर्थिक वर्षको भन्दा ३ अरर्ब ३८ करोड ८९ लाख ८६ हजार रुपैयाँले बढी हो ।

कार्यालयले यो बर्ष अनुमानित भन्दा बढी राजस्व संकलन हुने दाबी गरेको छ । यो आर्थिक बर्षमा १९ अर्ब ७४ करोड ४९ लाख ७६ हजार रुपैंयाँ संकलन गर्ने कार्यालयको लक्ष्य छ । आर्थिक बर्ष सकिन ३ महिना बाँकी हुँदा ५ अरर्ब २८ करोड ८२ लाख ३९ हजार राजश्व मात्रै संकलन गनुपर्ने देखिएकाले पनि बढी राजश्व संकलन हुने अनुमान छ ।

राजश्व कार्यालयले आन्तरिक शुल्क तर्फ सबैभन्दा बढी राजस्व संकलन गरेको छ भने शिक्षा क्षेत्रमा सवैभन्दा कम राजश्व संकलन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);