दक्षिण एशियाको आर्थिक वृद्धिदर २.५ प्रतिशतले घट्ने विश्व बैंककाे प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

दक्षिण एशियाको आर्थिक वृद्धिदर २.५ प्रतिशतले घट्ने विश्व बैंककाे प्रक्षेपण

काठमाडौं, ३ मंसिर । विश्व बैंकले दक्षिण एशियाको आर्थिक वृद्धिदर २.५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । दक्षिण एशियाको आर्थिक वृद्धिदर केही घटे पनि त्यसले नेपालको आर्थिक वृद्धिदरमा भने कुनै फरक नपार्ने बैंकले मंगलबार काठमाडौंमा सार्वजनिक गरेकोे प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विप्रेषण लगायतका कारण नेपालको आर्थिक वृद्धिदर भने चालू आर्थिक वर्ष भित्र ७ दशमलव १ प्रतिशत पुग्न कुनै समस्या नरहेको विश्व बैंकको अध्ययन प्रतिवेदनले देखाएको अर्थविद् विश्व पौडेलले जानकारी दिनु भयो ।

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरलाई निरन्तरता दिन उद्योग स्थापनामा जोड दिनुपर्ने र कर असुलीलगायतका अधिकार स्थानीय तहलाई दिन उपयुक्त हुने सुझाव पनि दिएको छ ।

बजारका अवरोध हटाउने तर स्थानीय तहले नै कर उठाउने लगायतका काम गर्दा नेपालको आर्थिक वृद्धिदर झनै बढेर जाने विश्व बैंकको निष्कर्ष रहेको पनि अर्थविद् पौडेलले बताउनु भयो । प्रतिवेदनमा उत्पादन घटेका कारण दक्षिण एशीयामा भने आर्थिक वृद्धिदर केही घटन गएको पनि स्पष्ट पारिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);