दाता राष्ट्रले गरेनन् प्रतिबद्धता : कम विकसित मुलुक ऋणमा डुब्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

दाता राष्ट्रले गरेनन् प्रतिबद्धता : कम विकसित मुलुक ऋणमा डुब्दै

united_nations_flag

काठमाडौं, ४ मंसिर । दातृ निकायहरूले प्रतिबद्धता गरेअनुरूप बजेट विनियोजन नगरेका कारण नेपालजस्ता कम विकसित मुलुकले दिगो विकास लक्ष्य हासिल गर्न नसक्ने देखिएको छ ।

विकसित मुलुकले कुल राष्ट्रिय आयको ०.०९ प्रतिशत मात्र सहायता रकम विनियोजन गरेकाले सो लक्ष्य हासिल हुन नसक्ने अवस्था सिर्जना भएको संयुक्त राष्ट्रसंघले मंगलबार सार्वजनिक गरेको कम विकसित मुलुकको प्रतिवेदनमा उल्लेख छ ।

दातृ मुलुकहरुले दिगो विकास लक्ष्य हासिल गर्नका लागि ०.१५ देखि २ प्रतिशतसम्म सहायता विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । दातृ निकायहरूले कम रकम विनियोजन गर्दा सन् २०२२ सम्ममा ४७ वटा राष्ट्रहरूको स्तरोन्नति नहुने देखिएको छ । संयुक्त राष्ट्रसंघले गरेको अध्ययनअनुसार कम विकसित मुलुकहरू दातृ निकायहरूको ऋणमा डुब्दै गएका छन् । सो अध्ययनले पाँचवटा राष्ट्र अति जोखिममा रहेको जनाएको छ ।

दातृ निकायले राज्यलाई भन्दा सामाजिक संस्थाहरूमार्फत सहयोग गर्दा पूर्वाधारको विकास हुन नसकेको पनि अध्ययनले औंल्याएको छ । यसैगरी दातृ निकायले सरकारलाई भन्दा निजी क्षेत्रलाई सहयोग र ऋण दिन थाल्दा राज्य र निजी क्षेत्रबीच असामञ्जस्यता उत्पन्न हुने सम्भावना पनि सो रिपोर्टले देखाएको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);