सरकारले अस्थायी राजधानी नतोक्ने अर्थमन्त्री कार्कीको भनाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सरकारले अस्थायी राजधानी नतोक्ने अर्थमन्त्री कार्कीको भनाइ

ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं, २२ पुष । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कुनै पनि प्रदेशको राजधानी नतोकेको स्पष्ट पारेका छन् । पछिल्लो समय प्रदेशको राजधानी तोक्ने विषयलाई लिएर मुलुकका विभिन्न स्थानमा विरोध, धर्ना तथा आन्दोलन भईरहेका बेला सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

धनकुटा–काठमाडौँ सम्पर्क समितिले शनिबार राजधानीमा गरेको कार्यक्रममा अर्थमन्त्री कार्कीले प्रदेशसभालाई नै प्रदेशको राजधानी तोक्ने अधिकार रहेको भन्दै सरकारले अस्थायी राजधानी तोकेको भन्ने चर्चामा सत्यता नरहेको दाबी गरे । अर्को प्रशंगमा कार्कीले निर्वाचनमा नेपाली कांग्रेसले व्यहोर्नुपरेको पराजयबारे गम्भीर समिक्षा हुनुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);