धान थ्रेसिङ गर्दा मेसिनमा परेर एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धान थ्रेसिङ गर्दा मेसिनमा परेर एक महिलाको मृत्यु

कञ्चनपुर, १६ असोज । कञ्चनपुरमा धान थ्रेसिङ गर्दा मेसिनमा परेर एकजना महिलाको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ मा आज बिहान ७ बजे थान थ्रेसिङ गर्ने क्रममा मेसिनमा परेर ४५ बर्षीया लक्ष्मी साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले बताउनुभयो ।

मेसिनको पट्टामा कपाल परेपछि उनको घटनास्थलमै मृत्यु भएको थापाले बताउनुभयो । सोधपुछका लागि ट्याक्टर धनी समेत रहेका चालक गणेश रानालाई नियन्त्रणमा लिएको थापाले जानकारी दिएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);