उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग–उनका दाइ किम जोङ्ग–नामकाको कस्ले गर्यो हत्या ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग–उनका दाइ किम जोङ्ग–नामकाको कस्ले गर्यो हत्या ?

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग–उनका दाइ किम जोङ्ग–नामकाको मलेसियामा हत्या, उनको हत्यामा उत्तर कोरियाकै संलग्नलता रहेको अमेरिकी आरोप

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग–उनका दाइ किम जोङ्ग–नामकाको कस्ले गर्यो हत्या ?

काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग–उनका दाइ किम जोङ्ग–नामकाको मलेसियामा हत्या भएको छ ।

उत्तर कोरियाका नेता किम जोङ्ग–उनका सौतेनी दाइ किम जोङ्ग–नामको मलेसियाको राजधानी क्वालालम्पुरको विमानस्थलमा आक्रमण गरी हत्या गरिएको हो ।

विमानस्थलमा मकाउ जानका लागि विमान पर्खिरहेका रहेका बेला किम जोङ्ग–नामलाई एक महिलाले आक्रमण गरी हत्या गरेको बिबिसीले जनाएको छ ।

किम जोङ्ग–नामले त्यसबेला अर्कै नामको पासपोर्ट प्रयोग गरेका थिए । किम जोङ्ग–इलका जेठा छोरा जोङ्ग–नाम बुवाको निधनपछि भाइले सत्ता लिएर आफूले नपाएपछि देश बाहिर बस्दै आएको मानिन्छ ।

उनी धेरै समय उत्तर कोरियाबाट बाहिर बस्दै आएका थिए । यसैबिच अमेरिकाले किम जोङ्ग–नामको हत्यामा उत्तर कोरियाकै संलग्नता गरेको दाबी गरेको छ ।

तर जोङ्ग–नामको हत्या कसरी भयो भन्ने बारेमा अमेरिकी अधिकारी अझै अनुसन्धानमै रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);