किमजोनका सौतेनी दाजुको हत्या आरोप लागेकी महिला रिहा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

किमजोनका सौतेनी दाजुको हत्या आरोप लागेकी महिला रिहा

एजेन्सी, २७ फागुन । उत्तर कोरियाका नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ–नामको हत्यामा संलग्न भएको आरोप लागेकी इन्डोनेसियाली महिला रिहा भएकी छन् ।

इन्डोनेसियाली महिला सिती आइसामाथि लागेको हत्या आरोप आरोकर्ताले नै फिर्ता लिएसँगै उनी रिहा भएकी हुन् । उनीसँगै भियतनामका डोएन थी हुओङमाथि नामको हत्यामा संलग्न भएको आरोप लागेको थियो ।

नामको अनुहारमा मलेसियाको क्वालालम्पुर विमानस्थलमा सन् २०१७ मा विषाक्त चिज छर्किएको आरोप उनीहरुमाथि लगाइएको थियो ।

नाममाथि सन् २०१७ को फेब्रुरुअरी १३ मा विषाक्त चिज प्रहार भएको थियो । उपचारका क्रममा उनको निधन भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);