हुवावेसँग सहकार्य नगर्न जर्मनीलाई अमेरिकाको दबाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

हुवावेसँग सहकार्य नगर्न जर्मनीलाई अमेरिकाको दबाव

एजेन्सी, २८ फागुन । चिनियाँ टेलिकम कम्पनी हुवावेसँग सहकार्य नगर्न अमेरिकाले जर्मनीलाई दबाव दिएको छ । जर्मनीका लागि अमोरिकी राजदूत रिचार्ड ग्रेनेलले जर्मन सरकारलाई एक पत्र लेख्दै हुवावेसँग कुनै पनि सहकार्य नगर्न आग्रह गरेका हुन् । जर्मनीले ‘फाईभ–जी’ टेलिकम विस्तारको ठेक्का चिनियाँ कम्पनी हुवावेलाई दिने तयारी गरिरहँदा अमेरिकाले यस्तो चेतावनी दिएको हो ।

हुवावेसँगको सहकार्यले आफ्नो सुरक्षा गोपनियता भंग हुने अमेरिकाको तर्क छ । जर्मनीले चिनियाँ कम्पनीसँग सहकार्य जारी राखे जासुसी र अनुसन्धानमा अमेरिकाले सहयोग बन्द गर्ने चेतावनी पनि अमेरिकी राजदूतले दिएका छन् ।

जर्मनीले अमेरिकाको पत्र प्राप्त भएको पुष्टी गर्दै छिट्टै अमेरिकालाई यसको औपचारिक जवाफ दिने तयारी गरिरहेको जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);